समाचार

स्कुटरको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु

road accident

भक्तपुर, साउन २२ –

स्कुटरको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नम्बरको स्कुटरको ठक्करबाट सख्त घाइते भक्तपुर नगरपालिका–२ भोलाछेंकी ४१ वर्षीया सुन्दरी सुवालको उपचारका क्रममा मृत्यु भएको हो ।

स्कुटरले ठक्कर दिँदा घाइते भएकी सुवालको भक्तपुर अस्पताल लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारीमा लगिएको थियो ।

प्रहरीका अनुसार उपचारकै क्रममा आज बिहान ८ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । स्कुटर चालक चाँगुनारायण नपा-६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस