समाचार

विप्लव समुहका रुकुम जिल्ला सेक्रेटरीसहित ४ पक्राउ

cpn

रुकुम, साउन २२ –

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको (नेकपा)का रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ परेका छन् । जिल्लाको आठबिसकोट नगरपालिकाको एक होटलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका-६ का ने.क.पा. विप्लव समूहका जिल्ला सेक्रेटरी हिरामणि रावल (मन्जित), त्रिवेणी गाउँपालिका-५ का ने.क.पा. विप्लव समूहका जिल्ला सदस्य घमन्ड महर, त्रिवेणी गाउँपालिका-२ का अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा र त्रिवेणी गाउँपालिका-१ का ने.क.पा. विप्लव समूहका कार्यकर्ता तुलबहादुर घर्ती रहेका छन् ।

बुधबार साँझ पक्राउ गरि उनीहरुलाई जिल्ला सदरमुकाम खलंगा ल्याउदै गरको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस