विश्व/प्रवास

गुजरातको कोभिड अस्पतालमा आगलागीः ८ कोरोना संक्रमितको मृत्यु

shrey hospital

काठमाडौं, साउन २२ –

गुजरातको अहमदाबादस्थित नवरंगपुरा इलाकामा कोभिड अस्पतालमा आगलागी हुँदा ८ बिरामीको मृत्यु भएको छ ।

यीमध्ये पाँच पुरुष र ३ महिला हुन् । नवरंगापुर क्षेत्रमा रहेको श्रेय अस्पतालमा बिहीबार बिहान करिब तीन बजेतिर आगलागी भएको स्थानीय अधिकारीले बताएका छन् ।

विद्युत सट सर्किटका कारण आगलागी भएको हो । एक घण्टाभित्रै आगो नियन्त्रणमा लिइएको भए पनि भागदौडका कारण ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

आगलागीपछि सो अस्पतालमा रहेका ४० जना संक्रमितलाई सरदार वल्लभ भाइ पटेल (एसवीपी) अस्पतालमा सारिएको छ । आगो नियन्त्रणमा खटिएका सबै अग्निनियन्त्रकलाई क्वारेन्टिनमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *