
काठमाडौं, साउन २२ –
एनसीसी बैंकको प्रमुखकार्यकारी अधिकृत (सीइओ) मा रमेशराज अर्यालको कार्यकाल थप भएको छ ।
आगामी असोज १ गते उनको पहिलो कार्यकाल सकिंदै थियो । साउन १९ गते बसेको सञ्चालक समिति बैठकले अर्याललाई फेरि अर्काे ४ वर्षका लागि सीइओमा निरन्तरता दिने निर्णय गरेको हो ।
स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरुवात गरेका अर्यालले तीन दशकभन्दा धेरै अनुभव बटुलिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस