समाचार

आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

arrest

दार्चुला, साउन २२ –

दार्चुलामा आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।

दार्चुलाको दुहु गाउँपालिका-३ चौपाती बस्ने ५३ वर्षीया नर बहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारु देवी बमको हत्या गरेको अभियोगमा बुधबार दिउँसो पक्राउ परेका हुन् ।

आमालाई कुटपिटबाट हत्या गरी घरबाट करिब ५० मिटर टाढा खोलानजिक फालेको सूचनाका आधारमा प्रहरी चौकी ब्रह्मदेव र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नरबहादुरलाई आफ्नै आमाको हत्या गरेको आरोपमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *