
काठमाडौं, साउन २२ –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोगका थप १ सय कर्मचारीको स्वाव परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौडेलले जानकारी दिए ।
आयोगका कुन शाखाका कर्मचारीलाई संक्रमण भएको भन्नेबारे खुलाइएको छैन । यसअघि अख्तियारमा १५ जना कर्मचारीमा संक्रमण देखिएको थियो । ती संक्रमण देखिएका अधिकांश अग्रपंक्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी रहेका थिए ।
प्रतिक्रिया दिनुहोस