समाचार

प्रहरी मुख्यालयमा कार्यरत थप १० जनामा कोरोना पुष्टि

Nepal Police Headquarter

काठमाडौं, साउन २२ –

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत कर्मचारी ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको छ । देशैभर २ सय भन्दा धेरै प्रहरीमा कोरोना संक्रमण भएको छ । त्यसमध्ये १ सय १९ जना निको भएर घर फर्किएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस