
काठमाडौं, साउन २२ –
नेकपा अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्यमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सदस्य र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् ।
प्रचण्डसहित उनका परिवार, सचिवालयका कर्मचारी र सुरक्षाकर्मी गरी ५३ जनाको कोरोना परीक्षण गरिएको थियाे । जसमा ६ जना सुरक्षाकर्मीको नतिजा पोजेटिभ देखिएको हो ।
प्रतिक्रिया दिनुहोस