
काठमाडौं, साउन २२ –
काठमाडौं उपत्यकामा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबारगरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप ८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंका ७५ जना, ललितपुरका १० र भक्तपुरका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस