
सुर्खेत, साउन २२ –
जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । बिहीबार सूचना जारी गर्दै कार्यालयले अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभए सम्मका लागि बन्द गरिएको जानकारी दिएको हो ।
२५ गतेदेखि लागू हुनेगरी नागरिकता वितरण, राहदानी सिफारिस, संघसंस्था दर्ता तथा नविकरण र लगायतका सेवा प्रवाह बन्द गरिने कार्यालयले जनाएको छ । सेवाग्राहीको अत्यधिक भिडका कारण संक्रमण फैलिने भन्दै सेवा बन्द गर्न लागिएको सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस