समाचार

भोलि र पर्सि उपत्यकाका यी ठाउँमा बत्ती जाने

loadshedding

काठमाडौं, साउन २२ –

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साउन २३ र २४ गते बिहान १० बजे देखि साँझ ५ बजेसम्म बत्ती जाने भएको छ । पुल्चोक वितरण केन्द्रका विभिन्न स्थानमा नयाँ फिडर तान्नुपर्ने भएकाले भोलि शुक्रवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइन सटडाउन गरिने विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार बागडोल एरिया आसपास, सनराइज टावर अफलोडल, सानेपा रिग‌रोड बाहिर, खाद्य गोदाम आसपास , चाइनिज क्याम्प एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरूमा विद्युत् अवरोध हुनेछ ।

पुल्चोक वितरण केन्द्रको टेकु रि‌गरोड फिडरबाट वितरीत ११ के भी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकोले विहान १० बजेबाट साँझ ५ बजेसम्म बत्ती जाने भएको हो । सो फिडर अन्तर्गतका एरिया लगायत सप्लाइ लिएका क्षेत्रमा बत्ती जाने भएको छ ।

निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जनाएकाे छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस