
डोटी, साउन २२ –
डोटीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
डोटीको आदर्श गाउँपालिका-६ गिरीचौका खतेडा बस्ने मान बहादुर खडायतको छोरा १३ वर्षीय अर्जुन खडायत सोही ठाउँस्थित सेती नदीमा पौडी खेल्ने क्रममा खोलाले बगाई बुधबारदेखि बेपत्ता भएका हुन् ।
ती बालक बेपत्ता भएको भन्ने सूचना पछि प्रहरीले उनको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस