काठमाडौं, साउन २२ –
सरकारले रुग्ण उद्योग सम्बन्धमा सुझाव लिन ५ सदस्यीय समिति गठन गरेको छ ।
साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योग पहिचान, वर्गीकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने गरी दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार जानकारी दिएका छन् ।
उनका अनुसार बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्त गर्ने, बेरुजु फर्छ्यौट मूल्यांकन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने लगायत १८ वटा निर्णय गरेको जानकारी दिए ।
हेर्नुस् मन्त्रिपरिषद् बैठकका विस्तृत निर्णयहरु :-
प्रतिक्रिया दिनुहोस