विश्व/प्रवास

नेपाल र चीनबीचको सम्बन्ध दिदीबहिनी र दाजुभाइको जस्तो छ : राजदूत यान्छी

Yanqi

काठमाडौं, साउन २२ –

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीचको सम्बन्ध दिदीबहिनी र दाजुभाइको जस्तो भएको उल्लेख गरेकी छन् ।

बिहीबार एक ट्विट गर्दै राजदूत यान्छीले नेपाल र चीनबीचको सम्बन्ध छिमेकी र मित्रवत् मात्र भएर दिदीबहिनी र दाजुभाइको जस्तो भएको बताएकी हुन् । उनले भूकम्प, बाढीपहिरो, इन्धन अभाव र कोरोना भाइरसको महामारीसँग लड्नका लागि चीनले नेपाललाई सहयोग गरेको स्मरण समेत गरेकी छन् ।

‘चीन र नेपालबीच छिमेकी र मैत्रीपूर्ण सम्बन्ध मात्र छैन, दिदीबहिनी र दाजुभाइको जस्तो सम्बन्ध छ। भूकम्प, बाढीपहिरो, इन्धन संकट र कोरोनाको महामारी नै किन नहोस्, हामी सँधै दुःख बाँढ्छौं । यसपटक हामीबीचको मित्रता नकाप्ने गरी परीक्षण भएको छ,’ उनले ट्विटमा लेखेकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *