
बुटवल, साउन २२ –
कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भोलि शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
प्रशासनले बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुसहित संक्रमित बढ्न थालेपछि शुक्रबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म लागू रहने छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलका अनुसार यसअवधिमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवाहरु पूर्णरुपमा बन्द गरिने छ ।
त्यस्तै मालवाहक ढुवानीका साधान बाहेक जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरिनेछ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोर–बिजोर प्रणालीबाट संचालन हुने छन् ।
प्रतिक्रिया दिनुहोस