
पर्सा, साउन २३ –
पर्सामा बिहीबार राति थप एक सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार आएको रिपोर्ट अनुसार थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या आठ सय ९५ पुगेको छ । संक्रमितमध्ये सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालयमा रहेका प्रहरी र थुनुवा ४४ जना छन् ।
यस्तै, तराई हस्पिटलका एक, पशु अस्पतालका एक, सेनाका पाँच, कारागारका दुई, नेशनल मेडिकल कलेजका एकजनामा संक्रमण पुष्टि भएको छ । बारा र रौतहटका चार–चारजना छन् । पर्सागढी नगरपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मै पर्सामा संक्रमित थपिने सर्वाधिक संख्या हो ।
प्रतिक्रिया दिनुहोस