समाचार

कृष्ण जन्माष्टमीमा पनि कृष्ण मन्दिर नखुल्ने

patan krishna mandir

काठमाडौं, साउन २३ –

यस वर्षको श्रीकृष्ण जन्माष्टमीमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिर नखुल्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै  प्रशासन र टोल सुधार समितिले मन्दिर नखोल्ने निर्णय गरेका हुन् ।

कृष्ण जन्माष्टमीको दिन घरमै पूजाआजा गरी परम्परालाई निरन्तरता दिन ललितपुर महानगरपालिका नगर कार्यपालिका कार्यालय र मंगल टोल सुधार संघ मंगलबजारले आग्रह गरेका छन् । यस वर्षको श्रीकृष्ण जन्माष्टमी साउन २७ गते मंगलबार परेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस