सूचना प्रविधि

ट्रम्पले लगाए टिकटक र वीच्याटमाथि प्रतिबन्ध

tiktok and wechat

काठमाडौं, साउन २३ –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागु हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

यता, अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकीको अधिकार खरिद गर्न खोजिरहेको छ । अब डेढ महिनाभित्र माइक्रोसफ्टले यो डिल पूरा गर्नुपर्नेछ । ट्रम्पले चिनियाँ एप राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रको खतरा बनेको बताएका छन् ।

टिकटकले प्रयोगकर्ताको व्यक्तिगत जानकारी लिने गरेको र यसको मद्दतले चीनको कम्युनिस्ट पार्टीले अमेरिकाका कर्मचारीबारे जानकारी लिइरहेको उनको आरोप छ । यसबाट व्यवसायसम्बन्धी जासुसी गर्न सक्ने र व्यक्तिगत जानकारीको आधारमा ब्ल्याकमेलिङ पनि गर्न सक्ने उनले बताउँदै आएका छन् ।

ट्रम्पले गत शुक्रबार टिकटक प्रतिबन्ध गर्ने घोषणा गरेका थिए । यो हप्ता उनले माइक्रोसफ्टले टिकटक किन्ने कुरालाई समर्थन गर्ने बताएका थिए । तर, उक्त डिलबाट अमेरिकी सरकारले उल्लेखनीय हिस्सा प्राप्त गर्नुपर्ने उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस