समाचार

कक्षा ११ को परीक्षा तत्काल नलिन सरकारको निर्देशन

National-Exam Board

काठमाडौं, साउन २३ –

सरकारले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ ।

कोरोना कारण सरकारले हालसम्म विद्यालय पुनःसञ्चालनको निर्णय नगरिसकेको अवस्थामा विद्यालयले परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गर्दा विद्यार्थी तथा अभिभावकमा त्रास सिर्जना भएको भन्दै बोर्डले शुक्रबार एक सूचना जारी गरी परीक्षा तत्काल नलिन निर्देशन दिएको हो ।

सूचनामा भनिएको छ,‘कोभिड १९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावकहरुमा त्रासको वातावरण सृजना हुन गएकोले सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरू नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।’

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिअनुसार वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था छ । आंशिक तथा ग्रेड वृद्धि गर्नुपर्ने विद्यार्थीले कक्षा १२ को वार्षिक परीक्षा अघि नै परीक्षा दिइसक्नु पर्ने कार्यविधिमा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस