
काठमाडौं, साउन २३ –
अष्ट्रेलियाको भिक्टोरियामा रहेका १४६ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । भिक्टोरिया अष्ट्रेलियाको सबैभन्दा बढी कोरोना प्रभावित राज्य मानिन्छ ।
अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भिक्टोरियास्थित नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले जनाए अनुसार त्यहाँ रहेका १४६ नेपालीमा कोभिड-१९ पुष्टि भएको हो ।
तीमध्ये ४२ जना संक्रमणमुक्त भइसकेको विज्ञप्तिमा जनाइएको छ। अझै पनि १०४ जना भने सक्रिय संक्रमित छन् । महावाणिज्यदूतको कार्यालयका अनुसार उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य छ ।
प्रतिक्रिया दिनुहोस