समाचार

लकडाउन अवधिमा सुदूरपश्चिममा बलात्कारका ९० घटना

rape art

महेन्द्रनगर, साउन २३ –

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेयता साउन १९ गतेसम्ममा सुदूरपश्चिम प्रदेशमा ९० जना महिला बलात्कृत भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलका अनुसार लकडाउन चैतमा १४, वैशाखमा १५, जेठमा २३, असारमा २५ र साउनमा १३ जना महिला बलात्कृत भएका छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार लकडाउन अवधिमा कैलालीमा सबैभन्दा बढी ४८ जना, कञ्चनपुरमा १८, बाजुरामा ८, दार्चुलामा ४, अछाममा ४, बैतडीमा ३, डडेल्धुरामा २, बझाङमा २ र डोटीमा एक महिलामाथि बलात्कारका घटना भएका छन् ।

इन्टरनेटमा सहज पहुँच तथा इन्टरनेटको दुरुपयोग, बेरोजगारी, विदेशी संस्कृतिको प्रभावजस्ता कारणले महिला बलात्कारका अपराध बढेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता मुकेश सिंहको भनाइ छ ।

यसको रोकथामका लागि प्रहरीले महिलामैत्री सेवा दिनुका साथै विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको प्रवत्ता सिंहले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस