समाचार

बैशाखयता पहिरोबाट ज्यान गुमाउनेको संख्या १७८

pahiro

काठमाडौं, साउन २३ –

पछिल्लो चौबिस घण्टामा पहिरोको घटनामा परी २ जनाको मृत्यु भएको छ । योसँगै २०७७ वैशाख १ गतेयता पहिरोबाट ज्यान गुमाउनेको संख्या १७८ पुगेको छ ।

यो वर्ष पहिरोमा परी ४३ जना वेपत्ता भएका छन् भने १४५ जना घाइते भएका छन् । पछिल्लो एक दशकमा यस वर्ष पहिरोमा परी सबैभन्दा बढीको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो वर्ष मनसुन सुरु भएयता मात्र पहिरोका घटनामा परी १७६ जनाको मृत्यु, ४३ जना बेपत्ता र १४४ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणको तथ्याङ्कअनुसार २०७७ वैशाख १ गते यता विभिन्न विपद्का घटनामा परी २३४ जनाको मृत्यु, ५५ बेपत्ता र ३१२ जना घाइते भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस