सरकारले यो वर्षको चाडपर्व घरमै मात्र मनाउनु पर्ने गरी मापदण्ड तयार गरेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड–२०७७ जारी गरेको हो ।
‘आगामी दिनहरूमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरूको समय आउँदै गरेकोले कोभिड–१९ को सन्दर्भमा स्वास्थ्यका दृष्टिकोणले सुरक्षित बनाउँदै मनाउनुपर्ने बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखेर जनस्वास्थ्य मापदण्ड जारी गरिएको’ मन्त्रालयले जनाएको छ ।
यो मापदण्डमा घरपरिवार र समुदायस्तरमा मनाइने सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सवहरूलाई ध्यानमा राखेर विकास गरिएको र नेपालभर सबैलाई लागु हुने पनि मन्त्रालयले जनाएको छ ।
मापदण्डमा चाडपर्व तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने उल्लेख गरिएको छ । मापदण्डमा सम्भव भएसम्म एकैघरका परिवारको सदस्यहरु मात्रै बसेर चाडवाड तथा पर्वहरु मनाउन भनिएको छ ।
सकेसम्म आफ्नै घरमा बस्ने यदि निस्कन परेमा अनिवार्य रुपमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न भनिएको छ । त्यस्तै धार्मिक स्थलहरुमा धेरैमा २५ जनामात्रै भेला हुने व्यवस्था गर्नसमेत भनिएको छ ।
कुनै पनि धार्मिक स्थलमा कार्यक्रम गर्दा व्यवस्थापनका लागि प्रशस्त स्वास्थ्यका सुरक्षासहित तालिम प्राप्त कर्मचारीको व्यवस्था गर्ने र कार्यक्रम स्थलको हरेक दिन २ पटक डिस्इन्फेक्ट गरी दैनिक सरसफाई गर्न भनिएको छ ।
हेर्नुहोस् मापदण्ड
[embeddoc url=”https://drive.google.com/file/d/1HjSvqar02WCqlKtxMkNTjSM91Ep8SIvN/view”]
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।