काठमाडौं, साउन २३ –
काठमाडौं जिल्ला प्रशासन कार्यालयले टेकु र महाबौद्ध क्षेत्र सिल गर्ने निर्णय गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै, नागरिकता र पासपोर्ट वितरण कार्य समेत बन्द गर्ने जनाइएको छ । यी तीन जिल्लामा संक्रमण देखिएका सबै ठाउँ सिल गर्ने बैठकले जनाएको छ । बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने भएको छ ।
यस्तै, तीन वटै जिल्लामा रहेका क्वारेन्टिन र आएसोलेसन पनि थप सुरक्षित बनाउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस