समाचार

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

patan academy

काठमाडौं, साउन २३ –

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो ।

सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेको थियो र, १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियो । उनको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

त्यसैगरी, सुनौली घर भएकी संक्रमित महिलाको पाठेघरको क्यान्सर समस्या उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् भने सोही क्रममा कोरोना परीक्षणका गर्दा पोजेटिभ देखिएको उनले जानकारी दिए ।

यसअघि बिहीबार कोरोना संक्रमण देखिएर उपचाररत ४५ वर्षीय पुरूषको मृत्यु भएको थियो । ती मधुमेह र रक्तचापको समस्या देखिएर स्टार अस्पतालबाट उपचारका क्रममा कोरोना संक्रमण देखिएपछि साउन १७ गते पाटन रिफर भएका थिए ।

मृतक पुरुषमा मधुमेह र रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस