समाचार

मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ६७ संक्रमित

koshi hospital

विराटनगर, साउन २३ –

प्रदेश १ मा शुक्रबार ६७ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये मोरङ जिल्लामा ६४, झापामा २ र सुनसरीमा एक जना रहेका छन् । मोरङमा संक्रमण पुष्टि ६४ मध्ये ३२ जना प्रदेश राजधानी विराटनगरका छन् ।

मन्त्राालयका प्रवक्त्ता तथा महाशाखा प्रमुख डा सुरेश मेहताका अनुसार  मोरङको विराटनगरमा महानगरमा  २४ पुरुष ८ महिला, रंगेली नगरपालिकामा २३ पुरुष ६ महिला, बुढीगंगा गाउँपालिकामा  २ पुरुष, कटहरी गाउँपालिकामा  एक महिला छन ।

यसैगरी झापाको मेचीनगर नगरपालिका  र विर्तामोड नगरपालिकामा  एक–एक जना पुरुष संक्रमित फेला परेका छन । सुनसरीको धरान उपमहानगरपालिकामा पनि एक पुरुष संक्रमित पाएका छन् ।

प्रदेश १ मा शुक्रबार पाँच जना डिस्चार्ज भएका छन् ।  कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट चार र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा उदयपुरका चार र मोरङका एक जना छन् । प्रदेशभर डिस्चार्ज हुनेको संख्या ९ सय १० पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस