
बाँके, साउन २३ –
भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेमा शुक्रबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ४९ जना बाँकेका, बर्दिया र रुकुमका एक/एक जना छन् । शुक्रवार ४ बजेसम्म तीन सय १२ जनाको स्वाब परीक्षण गर्दा ५१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
शुक्रबार फेला परेका संक्रमितमध्ये अधिकांश नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइनमा रहेको बताइएको छ । अधिकांश क्वारेन्टाइनका हुन्, तर नेपालगन्ज बजारका कोहिमा पनि कोरोना पुष्टि नभएको उनले स्पष्ट पारे ।
यसैबीच, बाँकेका धमाधम कोरोना संक्रमित फेला पर्न थालेपछि शनिबारसम्म जारी निषेधाज्ञा तीन दिन थप गरिएको छ ।
प्रतिक्रिया दिनुहोस