
काठमाडौं, साउन २३ –
एनएमबि बैंक लिमिटेड र सिजी डिजीटलबीच शुन्य प्रतिसत इएमआईमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र सीजी डिजीटलका तर्फबाट प्रमुख–वित्त मुकेश खातोरले हस्ताक्षर गरेका छन् ।
यस अन्तर्गत एनएमबीका ग्राहकहरुले सीजी डिजीटलको आधिकारीक बितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबी सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।
यसका अतिरिक्त एनएमबीका ग्राहकहरुले सीजीका विविध उत्पादनहरुमा डेबिट/क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा १८ सय सम्म छुटको लाभ प्राप्त गर्न सक्नेछन् ।
एनएमबी बैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पु-याउँदै आएको छ ।