
काठमाडौं, साउन २३ –
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक १० वर्ष पुरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ ।
सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकको रुपमा पहिचान बनाएको कम्पनीले आफ्नो स्थापना दिवसको अवसरमा कम्पनीले ग्राहकको लागि सस्तो मूल्यमा इन्टनेट अफर गरेको छ । यस अफरमा इन्टरनेट खरिद गर्दा साथमा क्लासिक प्रभु टिभी पनि पाउन सकिने छ ।
क्लासिक टेकको ११ औं वार्षिकोत्सव अवसरमा मासिक १२ सय रुपैयाँमा ३० एमबीपीएस स्पीडको इन्टरनेट खरिद गर्न सकिने छ । त्यस्तै मासिक १३ सय ७५ रुपैयाँमा ४५ एमबीपीएस स्पीडको इन्टरनेटको पाउन सकिने छ ।
त्यसैगरी मासिक १७५० रुपैयाँमा ६० एमबीपीएस स्पीडको इन्टरनेट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । टिभीको लागि क्लासिक टेकले प्रभु टिभीसँग सहकार्य गरेको छ ।
प्रतिक्रिया दिनुहोस