
दोलखा, साउन २३ –
बिहीबार राती परेको वर्षाको कारण आएको पहिरोमा परी उत्तरी दोलखाको गौरीशंकर गाउँपालिका-८, खारे टुनीटारमा ग्रील मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका-८ सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटी रहेको दोलखाका प्रहरी निरीक्षक रुक्सा बज्रचार्यले जानकारी दिइन् ।
मृतक शिवाकोटी सिंगटीबाट टुनिटारको नवनिर्मित घरमा बास बसिरहेको बेला पहिरोले पुरेर मृत्यु भएको स्थानीय बद्री खड्काले जानकारी दिए । मृतक शिवाकोटीको शव उत्खनन गरेर प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा पोष्टमार्टमका लागि लगिएको उनले बताइन्।
प्रहरी निरीक्षक बज्रचार्यका अनुसार शिवाकोटीसँगै काम गर्दै आएका जाजरकोट ठेडागाड नगरपालिका–९ घर भएका २० वर्षीय लोकेन्द्र महतो चौधरी घाइते भएका छन् । चौधरीको सामुदायिक अस्पताल सिंगटीमा उपचारपछि डिस्चार्ज भइसकेको बज्रचार्यले बताइन् ।
प्रतिक्रिया दिनुहोस