काभ्रे, साउन २३ –
काभ्रेको बेथानचोक गाउँपालिका वडा न. ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसिरहेकी २१ वर्षिया युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।
गत साउन १६ गते दुवैबाट नेपाल आएकी उनलाई क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी उनीे शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
युवती मृत फेला फरेपछि आक्रोशित आफन्त र स्थानीयले स्वास्थ्य चौकी तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस