समाचार

रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु

road accident

बुटवल, साउन २४ –

परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर सिद्धार्थ नगरपालिका-४ का २७ वर्षीय देवेन्द्र चौधरी र कोटहिमाई गाउँपालिका-३ मर्यादपुरका २७ वर्षीय नौसाप दर्जी, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१२ पथगावाका १२ वर्षीय प्रदिप ठाकुरको मृत्यु भएको हो । दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव गम्भीर घाइते भएका छन् ।

परासीबाट भैरहवातर्फ जाँदै गरेको कार गएराति अनियन्त्रित भई रोहिणी गाउँपालिका- ४ छिपागडस्थित हुलाकी सडकबाट १० मिटर तल खसेको थियो । दुर्घटनामा कारमा सवार चारैजना गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि भिम अस्पताल भैरहवा पुर्याइएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस