![dhaulagiri hospital](https://www.nmbnews.com/wp-content/uploads/2021/02/nmb-watermark-image.jpg)
बाग्लुङ, साउन २४ –
धौलागिरि अस्पताल भवन निर्माणका लागि महोत्तरीबाट बागलुङ आएका १३ जना मजदूरमा कोरोना संक्रमण देखिएको छ ।
एक साताअघि महोत्तरीबाट आएका उनीहरु बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । लामो यात्रा गरेको र सीमा क्षेत्रबाट आएको भन्दै नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । पोखरामा गरिएको परीक्षणमा शनिबार बिहान उनीहरुलाई संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।
कामका लागि आएका १७ जना मजदूरहरुमध्ये केही दिन अगाडी एक जना मजदूरमा कोरोना पोजेटिभ देखिएपछि गरिएको परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसन लैजाने तयारी भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस