समाचार

पर्साका एक जना मेयरसहित ५५ जनामा कोरोना पुष्टि

corona testing lab

वीरगञ्ज, साउन २४ –

पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए । शुक्रबार राति गरिएको परीक्षणमा सबै भन्दा बढी पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बारा जिल्लाका दुई र सर्लाही जिल्लाका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले दिएको जानकारी अनुसार बहुदरमाई नगरपालिकामा ४० वर्षीय मेयर नितेन्द्र प्रसाद साहसहित २५ जनामा संक्रमण देखिएको छ ।

चण्डी प्रसाद गणका ३२ वर्षीय नेपाली सेनाका जवान, बाराको कलैया–१० घर भएका नारायणी अस्पतालको ल्याबका कर्मचारी ३१ वर्षीय पुरुष, वीरगञ्ज–१० आदर्शनगर घर भएका दुगर ग्रुपका ३७ वर्षीय कर्मचारी र बाराको मनहर्वा घर भएका ४३ वर्षीय दुई जना कर्मचारीमा पनि कोरोना देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पताल क्वाटरका ४५ वर्षीय पुरुष र वीरगञ्ज–४ विर्ताकी २२ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस