समाचार

काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

nisedhagya

काठमाडौं, साउन २४ –

एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।

गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।

संक्रमित देखिएका व्यक्तिहरू प्रहरीका परिवार र स्थानीय घरधनी रहेको बताइएको छ। प्रहरी सहित उनका परिवारलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू बस्ने घरधनीको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको डंगोलले बताए ।

संक्रमित प्रहरीका परिवारको पाँच जनालाई अस्पताल लगिएको र घरधनीहरूलाई भने होम आइसोलेशनमै राखिएको उनले बताए ।

हाँडी गाउँको कोटाल टोलमा बस्ने ती प्रहरीहरूलाई संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका भनिएका २५ जनाको स्वाव संकलन गरेर परिक्षण गरिएको थियो । त्यसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको थियो ।

वडा अध्यक्ष डंगोलले भने, ‘अहिलेलाई सिल गरेका छौं । भोलि मेरै अध्यक्षतामा रहेको कोभिड–१९ सम्बन्धी समितिको बैठक बसेर आवश्यक निर्णय गर्छौं ।’

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस