
काठमाडौं, साउन २४ –
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङमा १३ जना संक्रमित थपिएका छन् । उनीहरु सबै बाग्लुङ नगरपालिका वडा नम्बर ३ का पुरुष हुन् । स्याङ्जामा ७ जना संक्रमित थपिए । पुतलीबजारका ६ र कालीगण्डकीका एक जना छन् ।
कास्कीको पोखराका ३ र म्याग्दीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १६११ पुगेको छ । उनीहरुमध्ये १४४३ जना निको भइसके ।
प्रतिक्रिया दिनुहोस