समाचार

लहानस्थित ग्लोबल आईएमई बैंकका कर्मचारीमा कारोना सक्रमण भेटिएपछि बैंक सिल

covid 19

काठमाडौं, साउन २४ –

लहान स्थित ग्लोबल आईएमई बैकमा कार्यरत कर्मचारीमा कारोना भाईरसको सक्रमण भेटिएको छ । स्थायी घर महोत्तरी भई लहान शाखामा कार्यरत ३० वर्षीय पुरुषमा कोरोना  सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्णदेब यादवका अनुसार केही दिन अगाडि बिरामी परेर  प्रादेशिक अस्पताल जनकपुरमा भर्ना  भएका थिए । उपचारका क्रममा उनमा कारोना पुष्टि भएको हो ।

ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीमा कोरोना सक्रमण भेटिएपछि शनिवार ४ः३० बजे नै उक्त बैङ्क सिल गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक शरत थापा क्षेत्रीले जानकारी दिएका छन् ।

कर्मचारीलाई संक्रमण देखिएपछि बैङ्कमा कार्यरत २२ जना कर्मचारी सबैलाई एकै स्थानमा क्वारेन्टाइनमा राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस