समाचार

भारततर्फ जाँदै गर्दा २२ तोला सुनसहित एकजना पक्राउ

arrest

विाराटनगर, साउन २४ –

विराटनगरस्थित सशस्त्र प्रहरी बलको विओपी पोष्ट बख्रीले भारततर्फ लैजाँदै गरेको २२.८९ तोला सुन बरामद गरेको छ ।

करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित बिराटनगर-१७ का ५५ बर्षीय शेमपेन गुप्ता पक्राउ परेका हुन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार विराटनगर १६ को दरैया बस्ती हुँदै भारततर्फ लैजाने क्रममा सुनसहित उनलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका व्यक्तिको साथबाट प्रहरीले १ थान साइकल, १ थान मोबाइल र नेपाली ५ हजार रुपैयाँ बरामद गरेको एसपी पौडेलले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस