काठमाडौं, साउन २४ –
प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीस्थित् अयोध्यापूरीमा राममन्दिर बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीको निम्तोमा माडी नगरपालिकाका जनप्रतिनिधिहरु प्रधानमन्त्रीलाई भेटन काठमाडौं आएका थिए । शनिबार बालुवाटारमा प्रधानमन्त्री र जनप्रतिनिधीविच भेटघाट भएको थियो ।
प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको बताउदै त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाउन निर्देशन दिएका हुन् ।
केही समयअघि प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरेको भन्दै राम नेपालमा जन्मिएको दावी गरेका थिए । प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिले भारत रुष्ट बनेको छ ।
प्रतिक्रिया दिनुहोस