समाचार

गोंगबुमा सुटकेसभित्र भेटियो टाउकोविनाको शव

Death body in Kathmandu

काठमाडौं, साउन २५ –

गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । आइतबार बिहान गोंगबु नजिकै रहेको गणेशस्थानमा गंगोलियन मूलका अन्दाजी ४५ वर्षका पुरुषको शव झोलामा फेला परेको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

उनले परिचय नखुलेका कारण थप विवरण थाहा हुन नसकेको जानकारी दिए । घटनास्थलमा पुगेका एसएसपी थापाले स्थानीय तहसँग समन्वय गरेर थप जानकारी लिने काम भइरहेको बताए । उनका अनुसार उक्त खुट्टा काटेको र टाउको काटेको अवस्थामा शव फेला परेकाले हत्या भएको आशंका छ ।

उक्त पुरुषको टाउको एकतिर खुट्टा अर्कोतिर र शरीर सुटकेशमा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरिएको छ । शवलाई शव बाहनमा राखेर पोष्टमार्टम गर्न पठाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *