
२५ साउन, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
गएराति घरमै बसिरहेका मदाने गाउँपालिका–१ अग्लुङका ३९ वर्षीय कमल भण्डारीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
उनको शब पोष्टमार्टमका लागि बिजुवार प्युठानमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस