
२५ साउन, काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर उपलब्ध गराएको छ ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई आइतवार भारतीय सेनाले दिएको भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
करिब २ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने दश वटा भेन्टिलेटर भारत सरकराले नेपाली सेनालाई उपलब्ध गराएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। यसले कोरोना उपचारमा थप सहयाेग पुग्ने सेनाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस