समाचार

स्वास्थ्य मन्त्रालयकै ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

Health Ministry

२५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयमा कार्यरत ८४ जना कर्मचारीको कोरोना परीक्षणमा चार जनाको रिपोर्ट पोजिटिभ आएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार  मन्त्रालयका चारजना संक्रमितमा तीन जना कार्यलय सहयोगी रहेका छन् । एक जना मन्त्रालयकै एक अधिकारीका ड्राइभर रहेका छन् । संक्रमण देखिएका कार्यालय सहयोगीहरुले मन्त्रालयका उच्च अधिकारीहरुलाई चिया-खाजा खुवाउने काम गर्दै आएका थिए ।

संक्रमण देखिएपछि अब उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरी अन्य कर्मचारीलाई क्‍वारेन्टाइनमा राख्‍ने तयारी गरिएको छ । अन्यको पनि नमूना लिने तयारीमा मन्त्रालय रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस