२५ साउन, विराटनगर । प्रदेश १ मा आइतबार थप ४० जना कोरोना संक्रमितहरु थपिएका छन्, भने ५ जना डिस्चार्ज भएका छन् ।
मोरङका २९ जना, सुनसरीका ६ जना र झापाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
मोरङको विराटनगरमा १० महिला १९ पुरुष, सुनसरीको धरानमा एक महिला दुई पुरुष, इटहरीमा एक महिला एक पुरुष, बर्जुमा एक पुरुष, झापाको बाह्रदशीमा एक महिला एक पुरुष, अर्जुनधारा दुई र दमकमा १ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आइतबारसम्म कोरोना संक्रमितको संख्या एक हजार चार सय २३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस