समाचार

कोरोना संक्रमणबाट थप २ को मृत्यु, मृतकको कुल संख्या ७५ पुग्यो

covid 19 dead body

२५ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ७५ पुगेको छ ।

मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा उपमहानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । उनी मधुमेहका बिरामी भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– २ की २० वर्षीया महिलाको पनि शनिबार निधन भएको छ । उनलाई उपचारका लागि नारायणी कोभिड अस्थायी अस्पताल लगेपछि मृत्यु भएको गौतमले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *