मनोरञ्जन ताजा समाचार

कलाकार संघमा पूजाको उजुरी

pooja sharma

२५ साउन, काठमाडौं । नायिका पूजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी छिन् । पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नायिका शर्माले उजुरी दिएकी हुन् ।

पत्रकार सुवेदीले आफ्नो कार्यक्रममा नायिका शर्माविरुद्ध दिएको अभिव्यक्तिमा होच्चाउने खालका अपशब्दहरु प्रयोग गरेको र आफ्नो शारीरिक एवं बौद्धिकतामाथि टिप्पणी गरेको भन्दै उनले कलाकार संघमा उजुरी दिएकी हुन् ।

कलाकार संघमा उजुरी दिएकी पूजाले चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनमा पनि उजुरी दिएकी छिन् । साथै, उनले ‘प्रेस काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्ड’मा पनि उजुरी दिने बताइन् ।

केहि समय अगाडी सञ्चारकर्मी प्रकाश सुवेदीको कार्यक्रम ‘रजतपट अंकलमा’ अन्तरवार्ताका क्रममा साेधिएका केहि प्रश्नहरुको जवाफ दिन नसक्दा नायिका पूजा विवादित बनेकी थिइन् । त्यहि विषयलाई लिएर प्रकाशले अप्रत्यक्ष रुपमा भनेका छन् – ‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको अन्तरवार्ता काटिदिनु पर्ने ? मिलाई-मिलाई महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’

प्रकाशकाे उक्त अभिव्यक्तिपछि धेरै कलाकारहरुले उनकाे विराेध गरिरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस