समाचार

बाँकेमा काेराेना स‌ंक्रमित महिलाकाे मृत्यु

covid 19

२५ साउन, बाँके । बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका- २ की ७० वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

उनलाई निमोनियाको लक्षण देखिएको हुँदा केही दिन पहिले नै अस्पताल भर्ना गरिएको थियो । सुरूदेखि नै ती महिलामा कोरोना भाइरसको स्पष्ट लक्षण देखिएको हुँदा अस्पतालमा समेत आइसोलेट गरी राखिएको कुरुम्वाङले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस