समाचार

वरिष्ठ पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन

amrit lal

२५ साउन, भद्रपुर । वरिष्ठ पत्रकार एवम् साहित्यकार अमृतलाल श्रेष्ठको निधन भएको छ ।

लामो सयमदेखि मृगौला रोगको उपचार गराउँदै आएका पत्रकार एवम् साहित्यकार श्रेष्ठको अइतबार साँझ पौने ६ बजेतिर मेचीनगर १० धुलाबारीस्थित निजी निवासमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार एक साता अघि गम्भीर विरामी भए पछि श्रेष्ठलाई उपचारका लागि विर्तामोडको विर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलबाट आइतबार घर पुर्याएको केही घण्टमामै उनको निधन भएको हो ।

राष्ट्रिय समाचार समिति भद्रपुरको कार्यालय प्रमुख रहेका पत्रकार श्रेष्ठ राष्ट्रिय समाचार समितिबाट अवकाश पाएपछि घरमै थिए । उनका थुर्पै साहित्यिक रचना प्रकाशित छन् । उनका पत्नी, दुई छोरा र एक छोरी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस