समाचार

सर्लाहीमा आजदेखि एक साताका लागि निषेधाज्ञा

Sarlahi CDO Office

२६ साउन, काठमाडौं । कोरोना संक्रमण तीब्र बनेपछि सर्लाहीमा आज (सोमबार) देखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय समितिको आइतबार बसेको बैठकले सोमबार बिहान सात बजेदेखि ३२ साउनसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन अनुसार निषेधाज्ञा जारी गरिएको प्रजिअ पौडेलले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस