
२६ साउन, काठमाडौं । अभिनेत्रीप्रति लक्षित गरेर टेलिभिजन कार्यक्रममा आपत्तिजनक भाषा र त्यस्तै प्रस्तुतिका कारण विवादमा आएका चलचित्र पत्रकार प्रकाश सुवेदीले माफी मागेका छन् ।
कार्यक्रम रजतपटमा बोलेको कुराले आलोचनाको केन्द्रमा आएका उनले माफी पनि कार्यक्रम मार्फत नै माग्ने बताएका भए पनि त्यसो नगरी विशेष भिडियो बनाएर माफी मागेका हुन् ।
एपी वान टेलिभिजनमा प्रशारण हुने कार्यक्रम रजतपटका सञ्चालक सुवेदीले माफी माग्नका लागि बनाएको तीन मिनेट ४९ सेकेण्डको भिडियोमा आफूले प्रयोग गरेको दारा भन्ने शब्द प्रयोग गर्न नहुने र आफूबाट गल्ती भएको भन्दै माफी मागेका हुन् ।
यसबारे कार्यक्रममै (बिहीबार) कुरा गर्ने विचार भए पनि जुन प्रकारले ‘रेस्पोन्स’ (आलोचना) भइरहेको छ, त्यसले गर्दा त्यो कुरा तुरुन्तै भन्न मन लागेको पत्रकार सुवेदीले भिडियोमा बताएका छन् ।
केही दिनअघि कार्यक्रम सञ्चालक सुवेदीले नायिका पूजा शर्मालाई लक्षित गरेर ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दारा निस्केको अनुहारलाई’ भनेकाे भन्दै विरोध चर्केकाे थियाे । ‘दारा’ शब्द प्रयोग गर्नु गल्ती भएको स्वीकार गर्दै सुवेदीले तर त्यो शब्द कसैप्रति लक्षित नभएकाे जिकिर गरेका छन् ।
‘एक पटक होइन सयपटक भन्छु, सय पटकले पनि यहाँहरूलाई चित्त बुझ्दैन भने हजार पटक भन्छु, त्यत्तिले पनि पुग्दैन भने लाख पटक भन्छु गल्ती भएकै हो,’ उनले भिडियोमा भनेका छन्, ‘म चुकेकै हो, मैले माफी माग्नैपर्छ, आगे यहाँहरूकै मर्जी ।’
https://www.youtube.com/watch?time_continue=220&v=tySm06RhmbY&feature=emb_logo